सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
barnanmedia.com · Sat Jul 25 02:57:42 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ।
चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिए। सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी काम जारी रहने उनले बताए।
Read full story at source (barnanmedia.com)