रसुवा बाढी : काठमाडौँ महानगरले ४ करोड ५४ लाख १४ हजारको सहयोग गर्ने
himalpress.com · Sun Aug 30 02:07:19 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७८७ सहयोग गर्नेभएको छ।
भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा कामपाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायत साधन र सामग्री तथा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको महानगरका कार्यावाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।
Read full story at source (himalpress.com)