बंलादेशका राष्ट्रपतिले दिए राजीनामा
barnanmedia.com · Sat Jul 25 03:03:07 GMT 2026

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री शेख हसीनाका निकट सहयोगी मानिनुहुन्छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गर्नुभएको छ ।
“हो, मैले राजीनामा दिएको छु,” सन् २०२८ मा आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिने व्यापक अडकलका बारेमा सोध्दा राष्ट्रपति शहाबुद्दिनले आफूले राजिनामा दिइसकेको बताउनुभयो तर उहाँले थप विवरण भने दिनुभएन । एएफपीलाई प्राप्त संसद् अध्यक्षलाई लेखिएको राजीनामा पत्रमा राष्ट्रपति शहाबुद्दिनले राजिनामा दिनुको कारण आफ्नो बिग्रँदै गएको स्वास्थ्य अवस्था भएको उल्लेख गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)