डा. चेतना पक्राउ प्रकरण : रिहाइको माग, गैरकानुनी अभ्यासको आरोप
nagariknews.nagariknetwork.com · Sun Jun 28 12:45:27 GMT 2026

योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेकी डा. चेतना पौडेलको तत्काल रिहाइको माग गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गर्दै उनको चिकित्सकीय अभ्यास अध्ययन, योग्यता र कानुनी सीमाभित्र रहेको दाबी गरेको छ।
डा. पौडेललाई असार ९ गते काठमाडौंको सतुङ्गलस्थित स्पार्क हेल्थ एण्ड रिसोर्टबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीमाथि गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोप लगाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा पक्राउ गरी हाल थप अनुसन्धान भइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)