राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट अद्यावधिक नहुने
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ। शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।
राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।
Read full story at source (aarthiknews.com)