बलिङ र ब्याटिङ गर्न बिर्सिएको नेपाल, सोझै एकदिवसीय मान्यता नै धरापमा !
shilapatra.com · Fri Jul 24 08:13:27 GMT 2026
अघिल्ला दुई सिरिजका आठमध्ये ६ खेल जितेर उत्साह थपेको नेपाल लगत्तैको आईसीसी विश्वकप लिग–२ मा यसपटक धर्मराएको छ । पछिल्ला दुई सिरिजबाट कमब्याक गर्ने संकेत देखाए पनि यसपटक नेदरल्यान्ड्समा भइरहेको सिरिजमा नेपाल निरीह बनेको हो ।
अघिल्लोपटक नेपालले ओमान र यूएई सम्मिलित सिरिजमा चारमध्ये तीन खेल जितेको थियो । सो सिरिजमा ओमानसँग मात्रै नेपाल पराजित भएको थियो । दोस्रो सिरिज त झन् अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र स्कटल्यान्डसँग थिए । तर, नेपालले सिरिजका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । अर्थात् बलिया टिमविरुद्ध नेपालले जित हात पारेको थियो । सोही दुई सिरिजमा ६ जितले नेपाललाई २० खेलमा १२ अंकको स्थितिबाट २८ खेलमा पुग्दा २४ अंकमा पुर्याएको थियो ।
Read full story at source (shilapatra.com)