हेटौँडाको होटलमा बसेर ६ महिनादेखि अनलाइनमार्फत ठगी, तीन भारतीयसहित होटल सञ्चालक पक्राउ
barnanmedia.com · Sat Jul 25 03:22:08 GMT 2026

हेटौँडा बसपार्कस्ति बास्तोला होटलमा बसेर ६ महिनादेखि तीन भारतीय नागरिकले अनलाइनमार्फत ठगी गरिरहेको खुलासा भएको छ । प्रहरीले होटलका सञ्चालकसहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो ।
प्रहरीले भारतीय नागरिकहरु बिहार, पटनाका २७ वर्षीय ईन्द्रजीत सरकार, २० वर्षीय सहर्षजीत सरकार, २३ वर्षीय अमन राजलाई पक्राउ गरेको छ । यस्तै, हेटौँडा–१० बसपार्कमा सञ्चालनमा रहेको बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पनि मिलेमतो देखिएको भन्दै नियन्त्रणमा लिएको छ ।
Read full story at source (barnanmedia.com)