अख्तियारमा एक वर्षमा ३३ हजारभन्दा बढी उजुरी, १७५ भ्रष्टाचार मुद्दा दायर, साढे २५ अर्बभन्दा बढी बिगो दाबी
aarthiknews.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आयोगले बिहीबार वार्षिक समीक्षा कार्यक्रम सार्वजनिक गर्दै एक वर्षको अवधिमा ३३ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त भएको, १७५ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको र रु. २५ अर्ब ३१ करोडभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिएको हो।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा आयुक्तहरू, सचिव, महाशाखा प्रमुख, मातहत कार्यालयका प्रमुख, अनुसन्धान अधिकृत तथा भर्चुअल माध्यमबाट आयोगका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आयोगको समग्र कार्यसम्पादन, उजुरी व्यवस्थापन, अनुसन्धान, अभियोजन, सुशासन प्रवर्द्धनका गतिविधि तथा आगामी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको थियो।
Read full story at source (aarthiknews.com)