तेस्रो दिनमा डा. गोविन्द केसीको स्वास्थ्य थप कमजोर, ब्लड सुगर ५० मा झर्यो
newsofnepal.com · Sat Jul 25 03:30:44 GMT 2026

काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सक डा. अमृत जैशीका अनुसार शुक्रबार राति ५६ एमजी/डीएल रहेको ब्लड सुगर शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा घटेर ५० एमजी/डीएलमा पुगेको छ। साथै, उनको रक्तचापमा पनि उतारचढाव (फ्लक्चुएसन) देखिएको चिकित्सकहरूले बताएका छन्।
Read full story at source (newsofnepal.com)