कालीगण्डकी गाउँपालिकामा तीन सन्तान जन्माउनेलाई मासिक भत्ता
nepalnews.com · Sat Jul 25 03:41:15 GMT 2026

स्याङ्जा । जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् ।
गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । कार्यक्रममार्फत परिवारमा सन्तानप्रतिको सकारात्मक सोच विकास गर्ने, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने र पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।
Read full story at source (nepalnews.com)