डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
ratopati.com · Fri Jul 24 08:35:27 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन्। शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा.केसीसँग अनौपचारिक संवाद सुरु भएको बताएका हुन्।
शिक्षा मन्त्री पोखरेलले भने,‘सचिवालयबाट छलफल भइरहेको छ । उहाँको मागका विषयमा मेरो ध्यानाकर्षण भएको छ । म डा. केसीको फ्यान हुँ । समर्थक हुँ।’ उनले केसीकै कारण गरिबहरूले चिकित्सा शिक्षा अध्ययन गर्न पाएको बताए। डा.केसी बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह (अनसन) बसेका छन्।
Read full story at source (ratopati.com)