तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा नदिए महाभियोगको धम्की !
annapurnapost.com · Sat Jul 25 03:43:53 GMT 2026

काठमाडौं : सात दशक लामो इतिहास भएको सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशलाई राजीनामा गर्न दबाब दिइएको र राजीनामा नगरे महाअभियोगको धम्की दिइएको अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेका छन्।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त भएको अन्तर्राष्ट्रिय संस्थाहरूले दाबी गरेका छन्। ‘विशेषगरी, बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाब प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त हुन आएका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र उनीहरूले राजीनामा नदिए महाअभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त छन्।’
Read full story at source (annapurnapost.com)