कर्णालीमा एमाले सरकार ढाल्ने नेकपाको अडान कायम, आज मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
shilapatra.com · Sat Jul 25 03:42:00 GMT 2026

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ ।
प्रदेश सरकार ढाल्न कांग्रेस र नेकपा एउटै लाइनमा उभिएका भए पनि केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच सहकार्य गर्ने विषयमा पनि छलफल चलेको छ । सोहीकारण एमालेले भने नेकपासँग सहकार्य गर्न सकिने आशसहित अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेको छ । सोहीकारण मुख्यमन्त्री कँडेलले राजीनामा पनि दिएका छैनन् । नेकपासँग सहकार्य हुने निश्चित नभए मुख्यमन्त्री कँडेलले राजीनामा दिने सम्भावना रहेको चर्चा पनि चलेको छ ।
Read full story at source (shilapatra.com)