सिटिजन्स बैंक र नियो भर्स प्रालिबीच समझदारी
corporatenepal.com · Fri Jul 24 08:56:48 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) झम्सिखेल, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) का विभिन्न इलेक्ट्रोनिक सामानहरूमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
Read full story at source (corporatenepal.com)