होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्याे १० अर्ब ३१ करोड माथिको व्यापार
aarthiknews.com

काठमाडौं । नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१-८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०-८१ को १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशतको वृद्धि हो ।
Read full story at source (aarthiknews.com)