एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
ratopati.com · Sun Jun 07 03:04:34 GMT 2026
सिंगापुर । सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई सस्तैमा समेट्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन र १९.४ ओभरमा मात्र ९४ रन जोड्दै अलआउट भयो।
नेपालका लागि अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, स्पिनर शाहब आलमले पनि कसिलो बलिङ गर्दै ३.४ ओभरमा १९ रन दिएर १ विकेट लिए।
Read full story at source (ratopati.com)