बाल संरक्षण अनुदान हिनामिनाको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०६८/०६९ मा बालबालिकाको पोषण भत्ताबापतको कुल ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
Read full story at source (lokaantar.com)