कैलालीमा एकैदिन लागुऔषधसहित १५ जना पक्राउ
onlinekhabar.com · Sat Jul 25 04:29:53 GMT 2026

९ साउन, धनगढी । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार पाँच सयसहित २३ वर्षीय अमन चौधरी र भजनी-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (onlinekhabar.com)