हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
ratopati.com · Fri Jul 24 09:23:44 GMT 2026

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा हामी आफैँले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताए । भदौ २३ २४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको भन्दै त्यसका लागि बुझाई फरक फरक रहेको बताए ।
Read full story at source (ratopati.com)