एक वर्षमा लाख २७ हजार बढी हुलाक सामग्री ओसारपसार
nagariknews.nagariknetwork.com · Sat Jul 25 04:30:39 GMT 2026

मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ।
हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२।८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन्। तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात–निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ। तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ। जसमा आयात–निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)