बाढी र पहिरोका कारण प्रमुख राजमार्गमा आवागमन प्रभावित, अरनिको राजमार्ग पूर्ण अवरुद्ध
canadanepal.com · Sat Jul 25 04:35:54 GMT 2026

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ६ बजेसम्म कोशी र बागमती प्रदेशका केही राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग उपलब्ध रहेकाले सोही मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
Read full story at source (canadanepal.com)