अख्तियारमा अझै ४० हजारभन्दा बढी उजुरी, स्थानीय तहको मात्रै ४८. ९६ प्रतिसत उजुरी
kendrabindu.com · Sat Jul 25 04:40:14 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अझै ४० हजार ६५१ वटा उजुरीको संख्या रहेको जनाइएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका ३३ हजार ३२८ उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका सात हजार ३२३ उजुरी रहेको छ ।
विज्ञप्तिमा प्राप्त हुन आएका उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित ४८.९६ प्रतिशत, संघ अन्तर्गत ३८ प्रतिशत र प्रदेश सरकारसँग अन्तर्गत १३.०४ प्रतिशत रहेको उल्लेख छ।
Read full story at source (kendrabindu.com)