सुदूरपश्चिममा अझै हुलाककै भर
nepalpress.com · Sat Jul 25 04:42:11 GMT 2026

सुदूरपश्चिम । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ ।
हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२–८३ मा एक लाख २७ हजार ६ सय २० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८ सय १० हुलाक सामग्री ओसारपसार गरिएको छ । तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ । जसमा आयात निर्याततर्फ समान ५२ हजार ६ सय ९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए ।
Read full story at source (nepalpress.com)