बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
onlinekhabar.com · Fri Jul 24 09:27:06 GMT 2026

८ साउन, काठमाडौं । अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो ।
दिउँसो ११ : ४६ बजे नेप्से परिसूचक २७४७ अंकसम्म पुगेको थियो, जुन अंक दिनभरको लागि अधिकतम रह्यो । त्यसपछि अन्तिमसम्म नै बजारको वृद्धि सुस्तायो । आज १४३ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो ।
Read full story at source (onlinekhabar.com)