स्वकीय सचिवको पारिश्रमिकमा चलखेल गरे कडा कारबाही गर्ने रास्वपाको चेतावनी [विज्ञप्ति]
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ। पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।
Read full story at source (hamrakura.com)