पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति
nepaltvonline.com · Sat Jul 25 04:53:05 GMT 2026

कुवेरराज कार्की , मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा ढुङ्गासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । शनिवार बिहान करिब ४ बजेतिर माथिबाट आएको पहिरो पेमा लामाको घरमा खस्दा त्यहाँ भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउका जगनाथ बडुवालको परिवार पहिरोमा परेको हो ।
घटनामा पहिरोले च्यापिएका तीन वर्षीय रमेश बडुवालको उद्धार गरी पुलु स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। उनका बुवा जगनाथ बडुवाल र आमा सृजना बडुवाल सामान्य घाइते भएका छन् ।
Read full story at source (nepaltvonline.com)