सांसद पौडेलमाथिको कालो मसी प्रहार, रास्वपाको ध्यानाकर्षण
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रमबाट फर्किने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने उल्लेख गरिएको छ। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको ठहर छ।
Read full story at source (hamrakura.com)