पुलु बजारमा घरमाथिबाट खसेको पहिरोमा परेर ३ वर्षीय बालकको मृत्यु, आमा घाइते
himalpress.com · Sat Jul 25 05:09:34 GMT 2026

काठमाडौँ- मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परी उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते भएका छन्।
Read full story at source (himalpress.com)