प्रधानमन्त्री-मन्त्रीलाई मात्र हैन तपाईंलाई पनि काम लाग्न सक्छ फेसबुकका पुराना पोस्ट लुकाउने यो तरिका
techpana.com · Sat Jul 25 05:06:13 GMT 2026

काठमाडौं । राजनीति अब भाषणले मात्र होइन, डिजिटल स्मृतिले पनि पछ्याउने युगमा प्रवेश गरेको छ । प्रधानमन्त्री बनेपछि वालेन्द्र शाह (बालेन) को सरकारका एकपछि अर्को प्रभावशाली अनुहारका वर्षौं पुराना फेसबुक पोस्टहरू पुनः सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेका ती पोस्टहरूले सरकारका निर्णय, राजनीतिक विश्वसनीयता र सार्वजनिक प्रतिबद्धतामाथि नयाँ प्रश्न उठाइरहेका छन् ।
संयोग पनि रोचक छ । संविधान संशोधनको बहस अगाडि बढिरहेको बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको पाँच वर्षअघिको 'राजा आऊ, देश बचाऊ' भन्ने पोस्ट चर्चामा आयो । शिक्षामन्त्री सस्मित पोखरेलले तत्कालीन समयमा डा. गोविन्द केसीको आन्दोलनका क्रममा गरेको समर्थन सम्झाउने पोस्टहरू अहिले फेरि भाइरल भइरहेका छन् ।
Read full story at source (techpana.com)