काठमाडौं महानगरपालिकाका लेखा अधिकृत भट्टराई घुससहित समातिए
baahrakhari.com · Fri Jul 24 10:13:21 GMT 2026

काठमाडौं । अख्तियार अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस रकमसहित पक्राउ गरेको छ । शुक्रबार (साउन ८) उनलाई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
स्थायी लेखा नम्बर बन्द गर्नका निम्ति वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)