शरीर वन्धक तथा करणीमा फरार पक्राउ
annapurnapost.com · Sat Jul 25 05:22:18 GMT 2026

नुवाकोट : रसुवामा शरीर वन्धक तथा जवरजस्ती करणी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् । दुवै जनालाई अदालतमा पेस गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतवाट प्राप्त लगत अनुसार कैद भुक्तान हुन बाँकी रहेका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा अपहरण शरीर वन्धक तथा कर्तव्य ज्यान मुद्दामा चार वर्ष कैद सजाय फैसला भएका उत्तरगया गापा–१ का ४८ वर्षीय अमृत तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार तामाङलाई रसुवा अदालतमा पेस गरिएको छ । यसैबीच, प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार रहेका उत्तरगया गापा–३ का २८ वर्षीय शंकर नेपालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालीलाई अदालतमा पेस गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको अनुमति प्राप्त भएको छ ।
Read full story at source (annapurnapost.com)