पिण्डेश्वर : बोलबमको उद्गमस्थल
shilapatra.com · Sat Jul 25 05:26:00 GMT 2026

धरानको विजयपुरमा रहेको श्री पिण्डेश्वर महादेव मन्दिर श्रावणी आराधनाका लागि उत्तम स्थान मानिन्छ । २०४० सालदेखि नेपालमा सबैभन्दा पहिले बोलबम मेलाको सुरुवात यसै मन्दिरबाट भएको हो । त्यसअघि श्रावणमा शिवजीलाई गंगा नदीको जल चढाउन हजारौँ भक्तजन भारतको देवघरस्थित बाबा वैद्यनाथ मन्दिर जाने गर्थे ।
हुन त नदीको जल लिएर पैदलै हिँडेर शिवजीलाई अर्पण गर्ने चलन नै विश्वमा सबैभन्दा पहिले श्री पिण्डेश्वरबाटै भएको पुराणमा उल्लेख छ । स्कन्ध पुराणको हिमवत् खण्ड र हिमाद्री खण्डले यसको महत्त्व पूर्ण रूपमा व्याख्या गरेको छ ।
Read full story at source (shilapatra.com)