सामान्य समीक्षा र आत्मालोचनाले पुग्दैन : प्रचण्ड
baahrakhari.com · Fri Jul 24 10:19:22 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पटक सामान्य आत्मालोचना र समीक्षाले नपुग्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले विगतमा थुप्रै पक्षको समीक्षा र आत्मालोचना गरेको भन्दै यसपटक भने सामान्यले नपुग्ने बताए ।
“यो पटक त्यसतो सामान्य समीक्षा र आत्मालोचनाले पुग्ने स्थिति छैन । हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौँ । यति भयानक परिस्थिति सिर्जना हुने, आँखै अगाडि ऐतिहासिक धरोहर, सबै राजनीतिक दलका पार्टी कार्यालय जलाइने र विध्वंश गरिने परिघटना के कारणले भयो ?,” प्रचण्डले भने, “साम्राज्यवादले हस्तक्षेप गर्यो भनेर मात्रै पुग्दैन ।”
Read full story at source (baahrakhari.com)