कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
barnanmedia.com · Sat Jul 25 05:23:02 GMT 2026

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् ।
गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम परिवारलाई सन्तानप्रति सकारात्मक सोच विकास गराउने, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने तथा पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)