अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, आईसीयूमा राखेर उपचार गर्न चिकित्सकको सुझाव
shilapatra.com · Sat Jul 25 05:30:00 GMT 2026

कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा डा. केसीको रक्तचाप ११०–९० देखाएको छ । यस्तै, रगतमा सुगरको मात्रा ५० मापन भएको छ । डा. केसीलाई आईसीयूमा भर्ना गर्न सुझाव दिइएको चिकित्सकले बताएका छन् ।
Read full story at source (shilapatra.com)