भाग्न खोजेपछि प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा
kalakarmi.com · Fri Jul 24 10:29:04 GMT 2026

जनकपुरधाम- धनुषाको ढल्केबर क्षेत्रमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेका छन् । उनीहरूलाई शुक्रवार ढल्केबर–जनकपुर सडकखण्डमा विशेष सूचनाका आधारमा निगरानी गरिरहेका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (kalakarmi.com)