समुद्रको गहिराइमा जापानको खनन परीक्षण
barnanmedia.com · Fri Jul 24 10:25:14 GMT 2026

उच्च प्रविधिमा प्रयोग हुने दुर्लभ पृथ्वी खनिजको आपूर्ति सुरक्षित गर्ने रणनीतिअन्तर्गत जापानले आगामी फेब्रुअरीमा प्रशान्त महासागरको करिब छ हजार मिटर गहिराइमा पूर्णस्तरको समुद्री खनन परीक्षण गर्ने भएको छ । हालै समुद्री सतहबाट सफलतापूर्वक नमूना सङ्कलन भएपछि सरकारले यो योजना सार्वजनिक गरेको हो ।
जापानी प्रधानमन्त्री साने ताकाइचीले यस वर्षको सुरुमा मिनामी तोरिशिमा टापुनजिक गहिरो समुद्री ड्रिलिङ जहाजबाट ल्याइएका नमूनामा यट्रियम फेला परेको जानकारी दिनुभएको छ । उहाँका अनुसार यट्रियम विश्वमै दुर्लभ मानिने खनिज हो । यसको प्रयोग अर्धचालक (सेमिकन्डक्टर) उत्पादन उपकरण, मोटर वाहन उद्योग तथा प्रदूषण नियन्त्रण प्रविधिमा व्यापक रूपमा हुने भएकाले जापानका लागि यसको रणनीतिक महत्त्व उच्च रहेको छ ।
Read full story at source (barnanmedia.com)