नवलपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
annapurnapost.com · Fri Jul 24 10:36:48 GMT 2026

नवलपुर : नवलपुरको डण्डामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृत्यु हुनेमा कावासोती १६ सिर्जनशील टोलका ४५ वर्षीय सुरेश विक रहेका छन्।
बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती–१६ को वडा कार्यालय नजिकै लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले बिकलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका विकलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। विकको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
Read full story at source (annapurnapost.com)