थापाजस्ता पुर्खाको वीरताले गौरव साथ उभिन सकेका छौँ : राष्ट्रपति पौडेल
baahrakhari.com · Fri Jul 24 10:47:58 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति भीमसेना थापा बहुआयामिक व्यक्तित्व भएको बताएका छन् । थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उनले बताएका छन् । देशभक्ति थापाको मूलमन्त्र रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
थापा एक इमानदार र कुशल प्रशासक भएको पनि राष्ट्रपति पौडेलले बताए । शितलनिवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘‘अंग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनु परे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।”
Read full story at source (baahrakhari.com)