देशलाई अस्थिर बनाउने शक्तिहरुको चाललाई समयमै रोक्न सकिएन : प्रचण्ड
annapurnapost.com · Fri Jul 24 10:50:02 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् ।
४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताएका हुन् । उनले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गरे ।
Read full story at source (annapurnapost.com)