नेपालमा सुनचाँदी व्यवसाय डिजिटल बन्दै, ‘DipArtha’ ज्वेलरी सफ्टवेयर सार्वजनिक
arthadabali.com · Fri Jul 24 11:06:58 GMT 2026

काठमाडौँ / नेपालका सुनचाँदी तथा आभूषण व्यवसायलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले विकसित गरिएको नेपालकै पहिलो ज्वेलरी व्यवस्थापन सफ्टवेयर ‘DipArtha’ (डीपअर्थ) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वोर्डफिस टेक्नोलोजी प्रालिको आयोजनामा तथा सहकार्यमा बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा आयोजित कार्यक्रममा देशभरका सुनचाँदी तथा आभूषण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ज्वेलरी व्यवसायलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने तथा व्यवसाय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
Read full story at source (arthadabali.com)