धर्मशालामा अनशनरत डा. केसीलाई सेती अस्पताल सारियो
shilapatra.com · Sat Jul 25 06:15:00 GMT 2026

तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल सारिएको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि अनशन सुरु गरेका डा. केसीलाई भर्खरै अस्पतालमा सारिएको हो ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पतालको आईसीयूमा भर्ना गर्न सुझाव दिएका थिए । स्वास्थ्य परीक्षणका क्रममा उनको रक्तचाप ११०–९० र रगतमा सुगरको मात्रा ५० मापन भएको थियो । अस्पतालमा आईसीयूमा राखेर उपचार गर्ने तयारी छ ।
Read full story at source (shilapatra.com)