सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
ictsamachar.com

काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस (SIC) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (AI) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ ।
डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको SIC अन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीहरूलाई एक विशेष समारोहमा सम्मान गरिएको थियो ।
Read full story at source (ictsamachar.com)