फ्याक्टचेकः व्यवसायी चन्द्र ढकालले महिनामा १५ लाख कमाइ हुने भन्दै प्रचार गरेको देखिने भिडिओ 'डिपफेक'
techpana.com · Fri Jul 24 11:12:39 GMT 2026

काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल जोडिएको एउटा भिडिओ चर्चामा छ । भेरिफाइड समेत रहेको एक अकाउन्टबाट पोस्ट गरिएको झन्डै तीन मिनेट लामो उक्त भिडिओमा ढकालले एउटा सरकारी प्लेटफर्मको प्रचार गरेको देखाइएको छ ।
तर, टेकपानाले गरेको तथ्यजाँचबाट यो भिडिओ ‘डिपफेक’ भएको पाइएको छ । ढकालले त्यस्तो कुनै पनि प्लेटफर्मको प्रचार गरेका छैनन् । उनले कान्तिपुरको टेलिभिजनमा दिएको अन्तर्वार्तालाई तोडमोड गरी मिथ्या सूचना फैलाइएको तथ्यजाँचका क्रममा पुष्टि भएको छ । यसअघि सोही अकाउन्टले उद्यमी विनोद चौधरीको पनि नक्कली भिडिओ बनाएर प्रचार गरेको थियो ।
Read full story at source (techpana.com)