छोरालाई भेट्न पुगेका बाबु पनि पक्राउ, शंकर ग्रुपविरुद्ध एक महिनामै पाँच मुद्दा दायर
bishowkhabar.com · Fri Jul 24 11:11:10 GMT 2026

काठमाडौं– बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन् । बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रस्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई बिहीबार थुनामा पठाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार डिल्लीबजार कारागारअगाडिबाट पक्राउ गरेको छ । उनी छोरा सुलभ अग्रवाललाई भेट्न जाने क्रममा पक्राउ परेका हुन् । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा २८ जेठमा उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
Read full story at source (bishowkhabar.com)