अभिषेक गिरीसँगको आर्थिक साझेदारी आरोपमा मुकेश कार्की पक्राउ
kalakarmi.com · Sat Jul 25 06:20:50 GMT 2026

विराटनगर- विभिन्न आपराधिक गतिविधिबाट आर्थिक लाभ उठाएको आरोपमा विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्की पक्राउ परेका छन् ।
उनी यसअघि पक्राउ परेका अभिषेक गिरीसँग आर्थिक कारोबार र गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी कवित कटुवालका अनुसार कार्कीलाई आपराधिक लाभ (एक्सटर्सन) लगायत आर्थिक अपराधसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न शनिबार बिहान पक्राउ गरिएको हो ।
Read full story at source (kalakarmi.com)