पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
ratopati.com · Fri Jul 24 11:18:50 GMT 2026

बुटवल । पाल्पाको कागतीडाँडास्थित खोलामा हाम फालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । शुक्रबार जिल्लाको रामपुर नगरपालिका–२, कागतीडाँडाका ५६ वर्षीय एक पुरुष स्थानीय निस्दी खोलामा हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ती पुरुषले निस्दी खोलामा हाम फालेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उनलाई खोलाबाट सकुशल उद्धार गरेको हो।
Read full story at source (ratopati.com)