१६ वर्षीया किशोरीको अवैध डिम्ब प्रकरण : पीडितलाई १० हजार, क्लिनिकले २० लाख असुली
bishowkhabar.com · Fri Jul 24 11:17:15 GMT 2026

काठमाडौं– अवैध रूपमा अण्डाणु (डिम्ब) संकलन तथा कारोबार गर्ने गिरोहले किशोरीहरूलाई सामान्य स्वास्थ्य परीक्षण वा अन्य बहानामा क्लिनिकसम्म पुर्याएर बेहोस बनाई अण्डाणु निकाल्ने गरेको आरोप अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार क्लिनिकमा पुगेपछि किशोरीलाई शय्यामा सुताएर औषधिको प्रभावबाट बेहोस बनाइन्छ। त्यसपछि यौनमार्गबाट विशेष चिकित्सकीय उपकरण प्रयोग गरी अण्डाशयबाट अण्डाणु संकलन गरिन्छ। संकलित अण्डाणु प्रयोगशालामा निषेचन (फर्टिलाइजेसन) गरिएपछि अर्को शय्यामा तयारी अवस्थामा रहेकी महिलाको पाठेघरमा भ्रूण प्रत्यारोपण गर्ने प्रक्रिया अघि बढाइने गरेको आरोप छ।
Read full story at source (bishowkhabar.com)