वैदेशिक व्यापारमा वीरगञ्जको वर्चस्व, ११ नाकाबाट निर्यात नै भएन
clickmandu.com · Fri Jul 24 11:25:19 GMT 2026

काठमाडौं । वैदेशिक व्यापारमा वीरगञ्ज नाका अग्रस्थानमा परेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार आयात र निर्यात दुवै क्षेत्रमा यो नाकाले अन्य सबै नाकाहरूलाई निकै ठूलो अन्तरले पछाडि पारेको छ । वीरगञ्जबाट मात्रै ९ खर्ब ८६ अर्ब ४३ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ४७.०५ प्रतिशत हिस्सा हो ।
नेपालमा भित्रिने झन्डै आधा सामान यही एउटै नाकाबाट आउने गर्दछ । निर्यातको पाटोमा पनि वीरगञ्जकै दबदबा छ । यो नाकाबाट १ खर्ब १४ अर्ब ८५ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको नेपाली उत्पादन बाहिरिएको छ, जसले कुल निर्यातमा ३६.४३ प्रतिशतको योगदान पुर्याएको छ ।
Read full story at source (clickmandu.com)