चितवनको इच्छाकामनामा ३४ भूमिहीन र अव्यवस्थित बसोवासी परिवारलाई लालपुर्जा वितरण
emountaintv.com · Sat Jul 25 06:39:34 GMT 2026
काठमाडौं ।
चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समिति, चितवनले एक कार्यक्रमका बीच ती परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानूनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीय बासिन्दाहरू लालपुर्जा पाएसँगै आधिकारिक रूपमा जग्गाधनी बनेका छन् । वर्षौंदेखिको प्रतीक्षापछि जग्गाको स्वामित्व पाएपछि स्थानीय लाभग्राहीहरू उत्साहित देखिएका छन् ।
Read full story at source (emountaintv.com)